दफा २८
बचाऊ
२८. बचाऊः
(१) यो आदेश प्रारम्भ हुँदाको वखत कायम रहेको राष्ट्रिय योजना आयोग यसै आदेश बमोजिम गठन भएको मानिनेछ ।
(२) यो आदेश प्रारम्भ हुँदाका बखत कायम रहेको राष्ट्रिय योजना आयोगमा वहाल रहेका उपाध्यक्ष तथा सदस्य यसै आदेश बमोजिम नियुक्त भएको मानिनेछ ।
(३) यो आदेश जारी हुँदाका बखत कायम रहेका आयोगका सदस्यहरु दफा १७ को उपदफा (१) बमोजिमको अवधिसम्म आफ्नो पदमा वहाल रहनेछन् । तर यस व्यवस्थाले दफा १७ को उपदफा (३) बमोजिम नेपाल सरकारले हेरफेर गर्न कुनै रोक लगाएको मानिने छैन ।
(४) यो आदेश प्रारम्भ हुँदाका वखत कायम रहेको राष्ट्रिय योजना आयोगले सम्पादन गरेको काम कारवाही यसै आदेश बमोजिम सम्पादन भए गरेको मानिनेछ ।