नियम १४
बढुवाको लागि आवश्यक योग्यता
(१) सैनिक प्राविधिक सेवाको पदमा बढुवा हुनको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनुपर्नेछ:- (क) अनुसूची ५ बमोजिमको तालीम पूरा भएको,

(ख) कार्यसम्पादन मूल्याङ्कनमा योग्य देखिएको,

(ग। नियम ७ बमोजिमको न्यूनतम शैक्षिक योग्यता भएको,

तर यो नियमावली प्रारम्भ हुँदाका बखत आन्तरिक तथा खुला प्रतियोगिताद्वारा सेवा प्रवेश गरिसकेका सैनिक व्यक्तिको हकमा सेवा प्रवेश गर्दा तोकिएको शैक्षिक योग्यताको आधारमा प्रमुख सेनानीसम्मको पदमा बढुवा हुन बाधा पर्ने छैन ।

(घ) नियम १५ बमोजिमको न्युनतम सेवा अवधि पूरा भएको,

(ङ) शारीरिक तन्दुरुस्ती परीक्षा (बि.एफ.टि) उत्तीर्ण गरेको, तर “कुनै सैनिक कर्तव्य पालनाको सिलसिलामा घाइते भई यस खण्ड बमोजिमको परीक्षामा सहभागी हुन नसक्ने भए पनि सैनिक नियमावलीको नियम ३७ बमोजिम स्वास्थ्य वर्गीकरणमा योग्य ठहरिएमा निज यस नियमावली बमोजिम बढुवाको लागि योग्य हुनेछ ।

(च) बडी मास ईन्डेक्स(बि.एम.आई.) र स्वास्थ्य वर्गीकरण एमइडिडि आइसिसिओएस-जी मा दुई वा सो भन्दा कम भएको । (२।उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सैनिक व्यक्ति यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षसम्म बढुवाको लागि सम्भाव्य उम्मेदवार बन्न सक्नेछन्‌-

(क) हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम नलिएको,

(ख) सैनिक ब्याण्ड उपसमूह र असवाव खाना उपसमूह अन्तर्गतका पदमा यस नियमावलीमा उल्लेख गरिएका तालीम नलिएको ।

(३)सैनिक स्वास्थ्य समूहको महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन क्रमशः मेडिकल उपसमूह र डेन्टल उपसमूहमा सम्बन्धित विषयमा पोष्टग्य्राजुएशन, विविध मेडिकल ट्रेड उपसमूहमा सम्बन्धित विषयमा स्नातकोत्तर तथा नर्सिङ्ग उपसमूहमा पोष्ट ग्य्राजुएशन (मास्टर्स इन नर्सिङ्ग वा एम.एस्सी इन नर्सिङ्ग) गरेको हुनुपर्नेछ ।

(४।सैनिक ईन्जिनियरिङ्ग समूहको महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन क्रमशः उत्पादन उपसमूह,मर्मत तथा सम्भार उपसमूहमा सम्बन्धित विषयमा स्नातकोत्तर, सर्भ उपसमूहमा सम्बन्धित विषयमा वा जुनसुकै विषयमा स्नातकोत्तर, सिभिल तथा आर्किटेक्चर उपसमूह र सूचना प्रविधि उपसमूहमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

(५)पशु विकास तथा पशु स्वास्थ्य समूहका महासेनानी पदमा बढुवा हुन भेटेरिनरी वा एनिमल साइन्स सम्बन्धी कुनै विषयमा पोष्ट ग्ग्राजुयट डिप्लोमा वा स्नातकोत्तर गरेको हुनुपर्नेछ । (६)अन्य प्राविधिक समूहको जनसम्पर्क: तथा मनोवैज्ञानिक उपसमूहका महासेनानी पदमा बढुवा हुनसम्बन्धित विषय वा जुनसुकै विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

(७)उपनियम (३),(४),(५) र (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत सैनिक स्वास्थ्य समूह,सैनिक इन्जिनियरिङ्ग समूह, पशु विकास तथा पशु स्वास्थ्य समूह र. अन्य प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहका महासेनानी र सोभन्दा माथिको पदमा क्रमशः पोष्ट ग्ग्राजुएशन र स्नातकोत्तर उपाधि प्राप्त गरेको नभए तापनि यो नियमावली प्रारम्भ भएको मितिले चार वर्षसम्म माथिल्लो पदमा बढुवा हुन बाधा पर्ने छैन ।

(८।सैनिक इन्जिनियरिङ्ग समूह अन्तर्गतको सूचना प्रविधि उपसमूहको जमदार पदमा बढुवा हुन दश जोड दुई वा सो सरह उत्तीर्ण गरी सफ्टवेयर,नेटवर्किङ सम्बन्धी तालीम वा आइ,इ. (इलेक्ट्रोनिक वा कम्प्युटर वा आइ.टी.) वा एकेडेमिक कम्प्युटर डिप्लोमा उत्तीर्ण गरेको हुनु पर्नेछ ।

(९)अन्य प्राविधिक समूह अन्तर्गतको ब्यान्ड उपसमूहको जमदार पदमा बढुवा हुन आठ कक्षा वा सो सरह वा आर्मी फष्ट क्लास र ब्यान्ड उपसमूहको सुबेदार पद तथा असवाव खाना उपसमूह र एम्यूनिशन कार्य उपसमूहको जमदार पदमा बढुवा हुन एस.एल.सी.वा सो सरह वा आर्मी फष्ट क्लास उत्तीर्ण गरेको हुनु पर्नेछ ।