नियम १५
बढुवाको लागि उम्मेदवार हुन चाहिने न्युनतम सेवा अवधि
(१) सैनिक प्राविधिक सेवाका देहायका पदमा बढुवा हुनको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछ:- बढुवा हुने पद अधिकृत सेवा अवधि (क) सहसेनानी दुई वर्ष (ख) सेनानी सात वर्ष (ग) प्रमुखसेनानी तेह्र वर्ष (घ) महासेनानी सत्र वर्ष (ङ) सहायक रथी बीस वर्ष (च) उपरथी एक्काइस वर्ष

(२)सैनिक प्राविधिक सेवाका देहायका पदमा बढुवा हुनको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछः १?

बढुवा हुने पद सेवा अवधि

(क) हुद्दा दुई वर्ष

(ख) जमदार चार बर्ष

(ग) ८ सुबेदार नौ वर्ष

(३)उपनियम (२)-को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुला प्रतियोगिताद्वारा जमदार पदमा नियुक्ति भई पाँच वर्ष सेवा अवधि पुगेको व्यक्ति सुबेदार पदमा बढुवाको लागि उम्मेदवार हुन सक्नेछ ।