दफा
बहुविधिक ढुवानीपत्र जारी गर्ने
: (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले पे्रषकबाट ढुवानीका लागि मालसामान बुझिलिंदा बहुविधिक ढुवानीपत्र जारी गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी गरिने बहुविधिक ढुवानीपत्र पे्रषकले चाहे अनुसार विनिमेय अधिकारयुक्त वा विनिमेय अधिकारविहीन हुन सक्नेछ ।
(३) बहुविधिक ढुवानीपत्रमा प्रापकको नाम उल्लेख भएकोमा त्यस्तो व्यक्ति वा विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी भएकोमा त्यस्तो ढुवानीपत्र दरपीठबाट अन्य व्यक्तिलाई हस्तान्तरण भएकोमा त्यस्तो व्यक्ति वा त्यस्तो ढुवानीपत्रको वाहकलाई त्यस्तो ढुवानीपत्रमा उल्लिखित मालसामान उपर स्वामित्व रहेको मानिनेछ ।