दफा १२
बहुविधिक ढुवानीपत्रमा कैफियत जनाउन सकिने -
१) बहुविधिक ढुवानीपत्र जारी गर्दा सो ढुवानीपत्रमा उल्लेख गरिएको मालसामानको सामान्य प्रकृति, प्रमुख चिन्ह, पोका वा थानको सङ्ख्या, तौल वा परिमाण बुझिलिएको मालसामानसँग दुरुस्त मेल नखाने कुरा बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजकोतर्फबाट काम गर्ने व्यक्तिलाई थाहा हुन आएमा वा त्यसरी बुझिलिएका मालसामान दुरुस्त नभएको शङ्का गर्नु पर्ने मनासिब कारण भएमा वा त्यस्ता विवरणहरु जाँच गर्न आवश्यक पर्ने साधनहरु निजसँग नभएमा बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको तर्फबाट काम गर्ने व्यक्तिले बहुविधिक ढुवानीपत्रमा दुरुस्त नभएका त्यस्ता विवरणहरु, शङ्का गर्नु पर्ने आधारहरु वा जाँच गर्न आवश्यक पर्ने साधनहरु नभएको कुरा उल्लेख गरी कैफियत जनाउन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामा लेखिएका कुनै एक वा एकभन्दा बढी विवरण उल्लेख नभएको कारणले मात्र बहुविधिक ढुवानीपत्रको कानूनी मान्यता उपर कुनै किसिमले प्रतिकूल प्रभाव पारेको मानिने छैन ।