दफा ८३
बाटो इजाजतपत्र नवीकरण
(१) दफा ७७ को उपदफा (२) बमोजिम बाटो इजाजतपत्रमा लेखिएको म्याद नाघेको पन्ध्र दिनभित्र त्यस्तो बाटो इजाजतपत्र नवीकरण गराई सक्नु पर्छ ।
(२) सवारी धनी, व्यवस्थापक वा निजहरूले खटाएको व्यक्तिले उपदफा (१) बमोजिम बाटो इजाजतपत्र नवीकरण गराउनको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(३) उपदफा (२) बमोजिम नवीकरणको लागि दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो बाटो इजाजतपत्र अर्को चार महीनाको लागि नवीकरण गर्नु पर्छ ।
(४) उपदफा (१) बमोजिमको म्याद नाघी बाटो इजाजतपत्र नवीकरण गराउन आउने सवारी धनीबाट सो म्याद नाघेको एक महीनासम्म नवीकरण दस्तुरको अतिरिक्त शत प्रतिशत थप दस्तुर लिई त्यस्तो बाटो इजाजतपत्र नवीकरण गर्नु पर्छ ।