दफा ७९
बाटो परिवर्तन गर्नु परेमा
(१) बाटो इजाजतपत्रको अवधि समाप्त नहुँदै सो बाटो इजाजतपत्रमा तोकिएको सार्वजनिक सवारीलाई अन्य कुनै बाटोमा प्रयोग गर्नु परेमा सवारी धनी वा व्यवस्थापकले पुन दफा ७६ बमोजिम बाटो इजाजतपत्रको लागि दरखास्त दिई बाटो इजाजतपत्र लिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सार्वजनिक सवारीको लागि पहिले दिएको बाटो इजाजतपत्र खारेज गरी नयाँ बाटो इजाजतपत्र दिनु पर्छ ।