नियम ४१
बाधा अड्चन फुकाउने कार्यविधि
(१) ऐन कार्यान्वयन गर्दा कुनै बाधा अड्चन देखा
परेमा कार्यकारी प्रमुखले बाधा अड्चन परेको विषयलाई बोर्ड समक्ष पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरेको विषय अध्ययन गर्दा बाधा अड्चन परेको
बोर्डले ठहर गरेमा बाधा अड्चन फुकाउनु पर्ने विषय सहित ऐनको दफा १९ बमोजिम
आदेश जारी गर्न नेपाल सरकार समक्ष अनुरोध गर्नु पर्नेछ ।