दफा ५१
बाधा अवरोध गर्नेलाई सजायः
(१). कसैले यस ऐन बमोजिमको कसूरको अनुसन्धान, अभियोजन वा न्यायिक कारबाहीको सिलसिलामा गरिने वा गरिएको कुनै कारबाहीमा बाधा पुच्याएमा : निजलाई अनुसन्धान अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा पच्चिस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्नेछ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले

देहायको काम गरेमा बाधा अवरोध गरेको मानिनेछ:-

(क) _ झुटो प्रमाण पेश गर्न वा झुटो साक्षी बस्न डर, त्रास वा धम्की दिने वा बल प्रयोग गर्ने वा अनुचित लाभ दिने वा दिन मञ्जुर गर्ने वा प्रस्ताव गर्ने कार्य गरेमा,

(ख) साक्षीलाई मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित हुन, प्रमाण सङ्कलन गर्न वा प्रस्तुत गर्न कुनै किसिमले बाधा गरेमा,

(ग) अनुसन्धान गर्ने, अभियोजन गर्ने, न्याय सम्पादन गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीलाई निजको पदीय कर्तव्य पालनाको सिलसिलामा डर, त्रास, धम्की दिने, आवागमनमा बाधा अवरोध गर्ने, बल प्रयोग गर्ने वा अनुचित लाभ दिन प्रलोभन दिने वा अन्य कुनै तरिकाले निजलाई कर्तव्य पालनाबाट विचलित तुल्याउने कार्य गरेमा ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित . कानून बमोजिम अदालतको अवहेलनामा सजाय हुने कार्य गरी न्यायिक कारबाहीमा बाधा पुग्याएमा सोही बमोजिम सजाय हुनेछ।