दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “भ्रष्टाचार” भन्नाले परिच्छेद–२ अन्तर्गत सजाय हुने कसुर सम्झनु पर्छ ।
(ख) “रिसवत” भन्नाले नगदी, जिन्सी वा अन्य जुनसुकै किसिमको लाभ वा सुविधा सम्झनु पर्छ र सो शब्दले घूस समेतलाई जनाउँछ ।
(ग) “सार्वजनिक संस्था”: भन्नाले देहायका संस्था वा निकाय सम्झनु पर्छः-
(१) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका सरकारी निकाय,
(२) ८ प्रचलित कानून बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा स्थापित आयोग, समिति, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था,
(३) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संस्था, कम्पनी वा समिति,
(४) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक अनुदानप्राप्त विश्वविद्यालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र यस्तै प्रकृतिका अन्य संस्था,
(५) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको क्रण वा अनुदानबाट सञ्चालित वा जमानतप्राप्त संस्था,
(६) उपखण्ड (२), (३), (४) वा (५) मा उल्लिखित; संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको वा नियन्त्रण रहेको संस्था,
(७) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अनुमतिले वा सम्झौता अनुसार प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्द्धन, उपयोग वा उपभोग गर्न वा विकास निर्माण सम्बन्धी काम गर्न गठित उपभोक्ता समिति वा यस्तै प्रकारका अन्य संस्था,
(८) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त गरी कुनै संस्थाले कार्यक्रम वा परियोजना सञ्चालन गरेकोमा त्यस्तो कार्यक्रम वा परियोजना सम्बन्धी काम कारबाहीको हदसम्म त्यस्तो संस्था, (९) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनी तोकेको अन्य कुनै संस्था।
(घ) र"रष्ट्रसेवक” भन्नाले सार्वजनिक पद धारण गरेको व्यक्ति सम्झनु पर्छ र् सो शब्दले देहायका व्यक्तिलाई समेत जनाउँछः-
(१) संविधान, प्रचलित कानून वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय, आदेश वा सम्झौता बमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कर्तव्य पालना गर्नु पर्ने वा दायित्व निर्वाह गर्नु पर्ने पदमा बहाल रहेको व्यक्ति,
(२) विधायिकी, कार्यकारिणी, न्यायिक वा प्रशासनिक पदमा पारिश्रमिक पाउने वा नपाउने गरी स्थायी, अस्थायी वा अन्य कुनै किसिमले नियुक्त, मनोनीत वा निर्वाचित भएको व्यक्ति,
(३) कुनै सरकारी कोषबाट पारिश्रमिक वा अन्य कुनै आर्थिक सुविधा प्राप्त गर्ने गरी नियुक्त, मनोनीत वा निर्वाचित भएको व्यक्ति,
(४) राष्ट्रपति, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा सार्वजनिक संस्था समक्ष लिएको शपथबाट वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको निकाय वा सार्वजनिक संस्थासँग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम वा सार्वजनिक कर्तव्य पालना गर्नको लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको निकाय वा सोको पूर्ण वा आंशिक स्वामित्व भएको संस्था वा अन्य कुनै सार्वजनिक संस्थाबाट तलब, भत्ता, पारिश्रमिक, सुविधा, हैसियत वा अन्य कुनै लाभ पाउने वा. नपाउने गरी नियुक्त, मनोनीत-वा निर्वाचित व्यक्ति,
(५) कुनै विवादको निरूपण गर्न प्रचलित कानून - बमोजिम नियुक्त भएको मध्यस्थ वा यस्तै हैसियतको अन्य कुनै व्यक्ति,
(६) . प्रचलित कानून बमोजिम नियुक्त, निर्वाचित वा मनोनीत लिक्विडेटर, सर्भेयर वा सोही प्रकृतिको हैसियतमा काम गर्ने व्यक्ति,
(७) सार्वजनिक संस्थाबाट कर्जा प्रवाह गर्ने प्रयोजनको लागि सम्पत्तिको मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ता,
(८) सार्वजनिक संस्थाका कुनै भवन वा पूर्वाधार संरचनाको डिजाइन वा स्पेसिफिकेशन तयार गर्ने व्यक्ति, (९) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा सोको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण रहेको “संस्था वा अन्य कुनै सार्वजनिक संस्थासँग भएको सम्झौता बमोजिम: वाँ कुनै कार्यसम्पादन गर्न नियुक्त सल्लाहकार, परामर्शदाता, प्रतिनिधि वा विशेषज्ञ,
(१०) सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको व्यक्ति,
(११) प्रचलित; कानून बमोजिम सार्वजनिक पद मानिने अन्य कुनै पदमा बहाल रहेको व्यक्ति,
(१२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य व्यक्ति।
(ङ) “राजश्व” भन्नाले देहायका कर तथा गैरकर सम्झनु पर्छ:-
(१) प्रचलित कानून बमोजिम नेपाल सरकारलाई तिर्नु वा बुझाउनु पर्ने भन्सार महसुल, अन्तःशुल्क, आयकर, मूल्य अभिवृद्धि कर वा अन्य कुनै कर,
(२) प्रचलित कानून बमोजिम प्रदेश सरकारलाई तिर्नु वा बुझाउनु पर्ने कर,
(३) प्रचलित कानून बमोजिम स्थानीय तहलाई तिर्नु वा बुझाउनु पर्ने कर, (४) प्रचलित कानून बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई तिर्नु वा बुझाउनु: पर्ने गैरकर राजश्व
(च) “कसुरको मात्रा” भन्नाले यस ऐन अन्तर्गत सजाय हुने कसुर गरेको वा गर्ने उद्योग गरेको अवस्था, परिस्थिति र त्यस्तो कसुरको गाम्भीर्यता वा त्यस्तो कसुर गर्ने वा गर्न उद्योग गर्ने व्यक्तिको नियत, योग्यता, ओहदा र हैसियत समेतको आधारमा निर्धारण गरिने कसुरको मात्रा सम्झनु पर्छ ।
(छ) “अनुसन्धान अधिकारी” भन्नाले भ्रष्टाचार सम्बन्धी कसुरको अनुसन्धान, तहकिकात र मुद्दा दायर गर्न प्रचलित कानुनबमोजिम अख्तियारी पाएको निकाय वा अधिकारी सम्झनु पर्छ ।
(ज) “कसूरबाट प्राप्त रकम? भन्नाले कुनै कसूर गरेको कारणबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त गरेको वा लिएको कुनै प्रकारको सम्पत्ति सम्झनु पर्छ।
(झ) “सम्पत्ति” भन्नाले जुनसुकै किसिमको चल, अचल, मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो सम्पत्तिको हक स्थापित गर्ने कानूनी लिखत वा कागजातलाई समेत जनाउँछ।
(ज) 'लिखत”-भन्नाले विद्युतीय माध्यम वा अन्य जुनसुकै व्यहोरा वा किसिमले तयार हुने सार्वजनिक लिखत, कागजात वा विद्युतीय अभिलेख वा डिजिटल संरक्षण सम्झनु पर्छ।