नियम ५
बाल क्लब वा संस्थाको काम र कर्तव्य
बाल क्लब वा संस्थाको काम र कर्तव्य देहाय बमोजिम हुनेछ:-
(क) बाल क्लब वा; संस्थाको नेतृत्व र यसका क्रियाकलापमा अधिकतम बालबालिकाले अवसर पाउने गरी कार्यक्रम सञ्चालन गर्ने,
(ख) बालबालिकाको हक, हित र अधिकारको प्रवर्दन; सिर्जनात्मक गतिविधि, खेलकुद तथा पठनपाठनमा सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने,
(ग) विद्यालयको नियमित पठनपाठनमा बाधा नपर्ने गरी आफ्ना कार्यक्रम सञ्चालन गर्ने,
(घ) स्थानीय तह वा विद्यालयले बनाउने कार्यक्रम तथा योजनामा बालबालिकाको तर्फबाट बाल क्लब वा संस्था मार्फत सामूहिक धारणा राख्ने,
(ङ) बाल क्लब वा संस्थाको सदस्यता लिन वा प्रतिनिधित्व गर्न कुनै बालक वा बालिकालाई बाध्य पार्न नहुने, (च) बालबालिकामा देश प्रेम र देश भक्तिको भावना जागृत गराउने,
(छ) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता वा विभिन्न/जात, जाति, धर्म सम्प्रदायको बीचको सु-सम्बन्धमा खलल गर्ने, जातीय भैदभाव वा छुवाछुतको कार्य गर्न दुरुत्साहन गर्ने र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने,
(ज) कुनै राजनीतिक दलसँग आवद्ध हुन वा दलीय राजनीतिक कार्यक्रममा सहभागी हुन वा सोको समर्थन र विरोध गर्न नहुने,
(झ) स्थानीय कानूनले तोकेका अन्य काम र कर्तव्यको पालना गर्ने।