नियम ६४
बाल गृहको न्यूनतम मापदण्ड
(१) बाल गृह सञ्चालन गर्ने संस्थाले अनुसूची-४ बमोजिमको न्यूनतम मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।

(२) यस नियमावली बमोजिमको मापदण्ड नपुगेको पाइएमा परिषद्ले बढीमा तीन महिनाको सुधारको म्याद दिन सक्नेछ र सो अवधिमा मापदण्ड पूरा नभएमा सञ्चालन अनुमति खारेज गरी सो बाल गृहमा आश्रित बालबालिकालाई नजिकैको अर्को मापदण्ड पुगेको बाल गृहमा स्थानान्तरण गर्न सक्नेछ ।