नियम ६३
बाल गृहको वर्गीकरण
(१) बाल गृहलाई अस्थायी संरक्षण सेवा प्रदान गर्ने बाल गृह र दीर्घकालीन संरक्षण सेवा प्रदान गर्ने बाल गृहको रुपमा सञ्चालन गर्न सकिनेछ ।

(२) अस्थायी संरक्षण सेवा प्रदान गर्ने बाल गृहले अस्थायी संरक्षण सेवा उपलव्ध गराउनु पर्नेछ ।

(३) दीर्घकालीन संरक्षण सेवा प्रदान गर्ने बाल गृहले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको अठार वर्ष उमेर पूरा नहुञ्जेलसम्म बालबालिकाको विकास, संरक्षण तथा सहभागिता लगायतको सेवा उपलव्ध गराउनु पर्नेछ ।