(१) बाल न्यायसँग सम्बन्धित विभिन्न निकायका बीच
समन्वय गर्न देहाय बमोजिमको बाल न्याय समन्वय समिति रहनेछः–
(२) उपनियम (१) को खण्ड (ज) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ र निजको पुन नियुक्ति हुन सक्नेछ ।
(३) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरेबमोजिम हुनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार बाल न्यायस“ग सम्बन्धित व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(५) बाल न्याय समन्वय समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) बाल न्याय प्रणाली सुदृढीकरण र विकासका लागि आवश्यक पर्ने कानूनी तथा नीतिगत व्यवस्थाको लागि नेपाल सरकारलाई
आवश्यक सुझाव, परामर्श दिने,
(ख) नेपालमा बाल अधिकार र बाल न्याय प्रणालीका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट भैरहेका कार्यक्रमहरु बीच समन्वय गर्ने गराउने,
(ग) बाल न्याय सम्पादनलाई छिटो छरितो प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि बाल न्याय सम्पादनमा संलग्न हुने निकायमा कार्यरत सरकारी तथा गैर सरकारी व्यक्ति तथा संस्थाहरुलाई बाल न्यायका सन्दर्भमा विकसित नवीन दृष्टिकोण र कार्यक्रम बारे जानकारी गराउन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने,
(घ) बाल अधिकार र बाल न्यायको विषय नेपालका विद्यालय, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका पाठ्यक्रममा समावेश गर्न नेपाल सरकारलाई अनुरोध गर्ने,
(ङ) बाल न्याय सम्पादनमा संलग्न हुने निकायबाट सम्पादन भएका सेवा र कार्यहरुको स्तरसम्बन्धी रेखदेख तथा व्यवस्थापनसम्बन्धी कामकारबाही गर्ने गराउने ।
(६) समितिको काम कारवाही सुचारु रुपले सञ्चालन गर्न नेपाल सरकारले न्याय सेवा आयोगको सिफारिसमा नेपाल न्याय सेवाका अधिकृस्तरको कर्मचारीलाई समितिको सचिवालयको काम काज गर्न तोक्न सक्नेछ । यसरी तोकिएको कर्मचारीले बाल न्याय प्रशासनसम्बन्धी काम गर्नेछ र निजको अन्य काम, कर्तव्य, अधिकार तथा सुविधा समितिले तोकेबमोजिम हुनेछ ।