नियम ४४
बाल सुधार गृहको अनुगमन तथा निरीक्षण
(१) _जिल्ला बाल न्याय समितिले बाल सुधार गृहको नियमित . अनुगमन तथा निरीक्षण गर्नेछ।
(२) बाल अदालत, महान्यायाधिवक्ताको कार्यालय, मन्त्रालय, गृह मन्त्रालय, परिषद् र केन्द्रीय बाल न्याय समितिले कार्ययोजना बनाई बाल सुधार गृहको आवश्यकता अनुसार अनुगमन तथा आकस्मिक निरीक्षण गर्न सक्नेछन् ।
(३) बाल सुधार गृहभित्र सञ्चालन भएका विद्यालयको अनुगमन तथा निरीक्षण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बन्धित स्थानीय तहले समेत गर्न सक्नेछन् ।
(४) उपनियम (१), (२) र (३) बमोजिम अनुगमन तथा निरीक्षणको क्रममा बाल सुधार गृहले प्रचलित कानूनले तोकेका मापदण्डको . पालना गरेको नदेखिएमा पालना गर्नको लागि आवश्यक निर्देशन: दिनु पर्नेछ र त्यस्ता बाल सुधार गृहभित्र प्रचलित कानून विपरीतको कार्य भएको पाइएमा सम्बन्धित निकायलाई कारबाहीको लागि सिफारिस गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको निर्देशन सम्बन्धित व्यक्ति तथा बाल सुधार गृहले पालना गर्नु पर्नेछ ।
(६) बाल सुधार गृहमा अनुगमन तथा निरीक्षण गर्ने अधिकारीले बाल सुधार गृहले लागू गरेको बाल संरक्षण मापदण्ड पालना गर्नु पर्नेछ । (७) बाल सुधार गृहमा अनुगमन तथा निरीक्षण गर्ने अधिकारीले अनुगमन तथा निरीक्षण प्रतिवेदन निजलाई खटाएको निकायमा पेश गर्नु पर्नेछ ।
(८) बाल सुधार गृहले ऐनको दफा ४३ को-उपदफा (३) बमोजिम अनुगमन तथा निरीक्षणको : क्रममा बाल अदालतले दिएको निर्देशनको पालना गर्नु पर्नेछ।