नियम ९०
बाल हेल्पलाइन सेवा
(१) बालबालिका विरूद्धको हिंसाबाट पीडित तथा : जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षण र सहायताका लागि मन्त्रालयले आवश्यकता अनुसारको सङ्ख्या र स्थानमा बाल हेल्पलाइन सेवा सञ्चालन तथा विस्तार गर्नेछ: ।

(२) परिषद्ले गैर सरकारी संस्थाको समन्वयमा उपनियम (१) बमोजिम बाल हेल्पलाइन सेवा सञ्चालन गर्न सक्नेछ। (३) उपनियम (१) बमोजिम बाल हेल्पलाइन सेवा सञ्चालनका लागि परिषद्ले गैर सरकारी संस्थासँग सम्झौता गर्न सक्नेछ ।

(४) बाल हेल्पलाइन सेवा सञ्चालन गर्न संस्थालाई नेपाल सरकारले परिषद्‌ मार्फत आवश्यकता (अनुसार कार्यक्रम अनुदान सहयोग उपलव्ध गराउन सक्नेछ ।