नियम ३०
बालबालिकाको मानसिक स्वास्थ्य
(१) बाल सुधार गृहले मानसिक स्वास्थ्यको समस्या देखिएका बालबालिकालाई मानसिक स्वास्थ्यकर्मीको सिफारिसमा मानसिक स्वास्थ्य संस्थामा उपचारको व्यवस्था गर्नु पर्नेछ ।

(२) मानसिक स्वास्थ्यको उपचार गराइरहेका बालबालिकालाई बाल सुधार गृहबाट बिदा भएपछि उपचारलाई निरन्तरता दिनु पर्ने भनी स्वास्थ्यकर्मीले सिफारिस गरेमा बाल सुधार गृहले निजको: बाबुआमा, संरक्षक वा सम्बन्धित स्थानीय तहको बालकल्याण अधिकारीसँग समन्वय गरी उपचारको व्यवस्था गर्नु पर्नेछ ।