नियम २४
बालबालिकाको शिक्षा
(१) बाल सुधार गृहमा भर्ना भएका बालबालिकाको भर्ना हुनु अगाडिको शैक्षिक अवस्थाको जानकारी लिई बाल सुधार गृहले बालबालिकाको रुचि अनुसार देहाय बमोजिम औपचारिक तथा अनौपचारिक शिक्षाको व्यवस्था गर्नु पर्नेछः-

(क) बाल सुधार गृहमा भर्ना हुनु अगाडि बालबालिकाले . पढिरहेको तह वा कक्षालाई सकेसम्म निरन्तरता दिने व्यवस्था,

(ख) बालबालिकालाई उमेर र शैक्षिकस्तर अनुसार - अनिवार्य रूपमा विद्यालयमा पढ्ने व्यवस्था,

(ग) उमेर अनुसारको कक्षामा पढ्न नसकेका बालबालिकाका लागि शैक्षिक स्थितिको मूल्याड्ढन गरी शैक्षिक परामर्श र्‌ आवश्यक थप पढाइको व्यवस्था,

(घ) बालबालिकाको सङ्ख्या र निजको आवश्यकता तथा औचित्यताको आधारमा औपचारिक शिक्षक तथा व्यावसायिक तालीम प्रदायकको व्यवस्था,

(ङ) बालबालिकालाई आवश्यकता अनुसारको विद्यालय पोशाक र शैक्षिक सामग्री उपलब्धता, तव) बालबालिकाले परीक्षा दिन सक्ने उचित व्यवस्था ।

(२) बाल सुधार गृहभित्र तत्काल विद्यालय .सञ्चालन गर्न सम्भव नभएमा बाल सुधार गृहले नजिकको सामुदायिक विद्यालयसँग समन्वय गरी त्यस्तो विद्यालयमा पढ्न पाउने व्यवस्था गर्नु पर्नेछ।

(३) बाल सुधार गृहले बालबालिकालाई अनौपचारिक शिक्षाका अतिरिक्त उनीहरूको व्यावसायिक रुचि र क्षमताको आधारमा व्यावसायिक शिक्षा तथा सीप विकास तालीमको व्यवस्था गर्नु पर्नेछ ।

(४) बाल सुधार गृहले: अपाङ्गता भएका बालबालिकाको सिकाई सुनिश्चितताका लागि अपाङ्गमैत्री शैक्षिक सामग्री तथा शैक्षिक क्रियाकलापको व्यवस्था गर्नु पर्नेछ ।

(५) बाल : [सुधार गृहले बालबालिकालाई सामाजिकीकरणका लागि देहाय बमोजिमको व्यवस्था गर्नु पर्नेछ:-

(क) बालअधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाका सम्बन्धमा जानकारी गराउने,

(ख) बालबालिकालाई समाजमा पुनर्स्थापना हुँदाको अवस्थामा आइपर्ने चुनौती र अवसरको जानकारी गराई आत्मविश्वास बढाउने प्रकृतिको प्रशिक्षण दिने, (ग) बालबालिकाले नागरिक, नैतिक तथा जीवनोपयोगी शिक्षा प्राप्त गर्ने व्यवस्था गर्ने,

(घ) बालबालिकाको रुची र उमेर: अनुसार प्राविधिक तालीम तथा सीपको व्यवस्था गर्ने ।