नियम १४
बालमैत्री व्यवहार
(१) बालबालिकासँग सम्बन्धित संस्थामा कार्यरत व्यक्तिले बालबालिकालाई सेवा प्रदान गर्दा बालमैत्री बोली र व्यवहार गर्नु पर्नेछ ।

(२) बालबालिकासँग सम्बन्धित संस्थाले सो निकायका कर्मचारीलाई बाल अधिकार, बालमैत्री व्यवहार र बाल संरक्षण सम्बन्धमा आवश्यक तालीम प्रदान गर्नु पर्नेछ । (३) बालबालिकासँग सम्बन्धित संस्थाले बालबालिकालाई प्रदान गर्ने सेवा र बालबालिकाले प्रयोग गर्ने भौतिक संरचना तथा सामग्री बालमैत्री बनाउनु पर्नेछ ।

(४) मन्त्रालयले बालबालिकाले लिने सेवा र प्रयोग गर्ने भौतिक संरचना सम्बन्धी मापदण्ड बनाई लागू गर्नेछ ।