नियम ११
बिज्ञापन एजेन्सी सूचीकृत हुनु पर्वे
(१) बोर्डमा विज्ञापन एजेन्सीको रुपमा सूचीकरण हुन चाहने एजेन्सीले सूचीकृत हुन पाँच हजार रुपैयाँ दस्तुर तिरी देहायको विवरण सहित अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:-
(क) बिज्ञापन सम्बन्धी कार्य गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम दर्ता भएको प्रमाणपत्र र सोको नवीकरण गरेको कागजात,
(ख) गत आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्र,
(ग) वार्षिक कारोबार तथा त्यस्तो एजेन्सीको पूँजी सङ्रचना देखिने विवरण,
(घ) बोर्डले तोकेका अन्य कागजात तथा विवरण । (२) उपनियम (१) बमोजिम प्राप्त निबेदन तथा विवरण मनासिब देखिएमा बोर्डले त्यस्तो संस्थाको नाम सूचीकृत गरी सार्वजनिक गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सूचीकृत भएका बिज्ञापन एजेन्सीले प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र एक हजार रुपैयाँ नवीकरण दस्तुर बुझाई नवीकरण गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको अवधिमा नवीकरण नभएको विज्ञापन एजेन्सीको सूचीकरण स्वत: रद्द हुनेछ र बोर्डले त्यस्तो एजेन्सीको नाम आफ्नो अभिलेख सूचीबाट हटाउनेछ।
(५) उपनियम (४) बमोजिम सूचीबाट हटेको बिज्ञापन एजेन्सीले पुनः सूचीकरण हुन चाहेमा उपनियम (१) बमोजिमको प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।