दफा
बिज्ञापन गर्न सकिने
कसैले आफूले बिक्री वितरण गर्ने वस्तु वा सेवाको गुण वा विशेषता समेत उल्लेख गरी त्यस्ता वस्तु वा सेवाको प्रवर्द्धन गर्न वा उपभोक्ता समक्ष वस्तु वा सेवाको छनोटको जानकारी पुच्याउन वा आफूले आयोजना गरेको कुनै कार्यक्रम वा अवसरको बारेमा जानकारी दिन वा सार्वजनिक हितको लागि कुनै विषयमा जानकारी गराउन यस ऐन तथा प्रचलित कानूनको अधीनमा रही विज्ञापन गर्न वा गराउन सक्नेछ ।