दफा १८
बिज्ञापन वा परीक्षा रह्‌ वा संशोधन गर्न सक्ने
(१) आयोगले प्रकाशन गरेको विज्ञापन अनुसारको पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भनी परीक्षा सञ्चालन हुनु अगाडि सम्बन्धित निकायले त्यस्तो विज्ञापन रह वा संशोधन गर्न मनासिब कारण सहित लिखित अनुरोध गरेमा आयोगले त्यस्तो विज्ञापन: रद्द वा संशोधन गर्न वा गराउन सक्नेछ ।

(२) आयोगले परीक्षा सञ्चालन गरेको केन्द्रमा कुनै किसिमको अनियमितता भएमा वा -कुनै बाधा अवरोध उत्पन्न भई आंशिक वा पूर्णरूपले परीक्षा सञ्चालन हुन नसकेमा आयोगले त्यसको कारण खुलाई सम्बन्धित विज्ञापनको आंशिक वा सम्पूर्ण परीक्षा रद्द वा स्थगन गर्न सक्नेछ ।