दफा २७
बित्तीय जानकारी इकाईको सङ्गठन संरचना
(१) वित्तीय जानकारी इकाईले सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणका आधारमा आफ्नो सङ्गठन संरचना तथा आवश्यक कर्मचारीको दरबन्दी कायम गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम; सङ्गठन संरचना तथा दरबन्दी कायम गर्दा वित्तीय जानकारी इकाईको कार्यबोझ र कार्यको प्रकृतिको आधारमा आवश्यक, पर्ने जनशक्ति, जनशक्तिको विद्यमान अवस्था, प्रत्येक पदको “लागि चाहिने न्यूनतम शैक्षिक योग्यता, तालिम, कार्य अनुभव, कार्यक्षेत्र अनुसारको विज्ञता र प्रत्येक पदको कार्यविवरण खुलाउनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम तयार गरेको सङ्गठन संरचना तथा दरबन्दीको- विवरण राष्ट्र बैङ्कको परामर्शको आधारमा छलफलको लागि समन्वय समितिमा पेस गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिम पेस भएको सङ्गठन संरचना तथा दरबन्दीको विवरण सम्बन्धमा समन्वय समितिले आवश्यकता अनुसार परिमार्जन गरी सङ्गठन संरचनामा परेको निकायको प्रतिक्रिया तथा सुझावको लागि पन्ध्र दिनको समय दिई त्यस्तो निकायमा पठाउनु पर्नेछ।

(५) उपनियम (४) बमोजिमको प्रतिक्रिया तथा सुझाव प्राप्त भएमा त्यसपछि वा प्रतिक्रिया तथा सुझाव प्राप्त हुन नआएमा समयावधि पूरा भएपछि समन्वय समितिले सङ्गठन संरचनामा आवश्यक परिमार्जन गरी ऐनको दफा ९ को उपदफा

(४) को प्रयोजनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा पठाउनु पर्नेछ।