दफा २७
बिवरण परिवर्तन गर्न स्वीकृति लिनु पर्ने
(१) दफा २६ बमोजिम लिइएको दर्ताको प्रमाणपत्रमा उल्लिखित कुनै विवरण परिवर्तन गर्नु पर्ने भएमा संघले सो व्यहोरा उल्लेख गरी परिषद्मा निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा दर्ताको प्रमाणपत्रमा उल्लिखित व्यहोरा संशोधन गर्न मनासिब देखिएमा परिषद्ले संशोधन गरी निवेदकलाई त्यसको जानकारी गराउनु पर्नेछ।