दफा
बिश्व्वविद्यालयको स्थापना
(१) अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्‌) मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धान मार्फत दक्ष, जिम्मेवार, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुच्याउन नेपाल विश्वविद्यालयको स्थापना गरिएको छ।

(२) परिषद्को सिफारिसमा काठमाडौँ उपत्यकाबाहिर नेपाल सरकारले (तोकेको स्थानमा विश्वविद्यालय र त्यसको केन्द्रीय कार्यालय रहनेछ।