दफा १०९
बीमकको अवस्थामा सुधार नआएमा गरिने व्यवस्था
यस ऐन बमोजिम नियन्त्रणमा लिइएको बीमकको अवस्थामा सुधार हुन नआएमा विशेष व्यवस्थापन समूहले देहाय बमोजिमको कार्य गर्न सक्नेछ: -

(क) जफत गरिएको शेयर तोकिएको अवधिभित्र लिलाम बढाबढमा बिक्री गरी हस्तान्तरण गर्न,

(ख) त्यस्तो बीमकलाई अर्को बीमकसँग निर्धारित समयभित्र गाभ्न प्राधिकरण समक्ष सिफारिस गर्न,

(ग) त्यस्तो बीमकको बीमा व्यवसाय अर्को बीमकमा हस्तान्तरण गराई उक्त बीमकको इजाजतपत्र खारेज गर्न प्राधिकरण समक्ष सिफारिस गर्न,

(घ) दफा ११० बमोजिम बीमकको स्थिति सुधार गर्न प्राधिकरण समक्ष सिफारिस गर्न,

(ङ) त्यस्तो बीमकको दामासाही सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न प्राधिकरण समक्ष सिफारिस गर्न।