दफा १३५
बीमा भुक्तानी रोक्का राख वा खारेजी गर्न निर्देशन दिन सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा प्राधिकरणले कसैलाई बीमालेख प्रदान नगर्न वा बीमालेख बमोजिम भुक्तानी दिनु पर्ने रकम रोक्का राख्न वा बीमालेख खारेजी गर्न निर्देशन दिन सक्नेछः-

(क) बीमा व्यवसाय वा बीमितको हक हित विपरीतको कुनै कार्य हुनबाट रोक्न,

(ख) कुनै कसुरको अनुसन्धानमा सहयोग पुच्याउन,

(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, ठगी, भ्रष्टाचार, मानव बेचबिखन वा . अन्य सङ्गठित अपराध नियन्त्रणमा सहयोग पुन्याउन ।