दफा ३०
बीमा व्यवसाय प्रारम्भ गर्नु पर्ने
(१) बीमकले इजाजतपत्र प्राप्त गरेको छ महिनाभित्र इजाजतपत्रमा उल्लेख भए बमोजिमको बीमा व्यवसाय प्रारम्भ गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको अवधिभित्र बीमकले बीमा व्यवसाय प्रारम्भ गर्न नसकेमा सोको उचित आधार र कारण खोली सो अवधि समाप्त हुनु अगावै म्याद .थपको लागि प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा प्राधिकरणले छ महिनाको लागि अवधि थप गरिदिन सक्नेछ।

(४) उपदफा (३) बमोजिम थप भएको अवधिभित्र बीमकले बीमा व्यवसाय प्रारम्भ गरी. सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।

(५) उपदफा (३): बमोजिमको अवधिभित्र बीमा व्यवसाय प्रारम्भ नगरेमा प्राधिकरणले त्यस्तो बीमकको इजाजतपत्र रद्द गर्न सक्नेछ।