दफा १४३
बीमित सम्बन्धी विशेष व्यवस्था
(१) कुनै पनि बीमितले बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग मिली वा नमिली बीमा सम्बन्धी कुनै जालसाजी, किर्ते गरी वा गलत विवरण पेश गरी वा नगरी, पेश गर्नुपर्ने विवरण पेश नगरी वा पेश नगर्नु पर्ने विवरण पेश गरी, आफू वा बीमा गरिएको सम्पत्ति सम्बन्धी कुनै आधारभूत तथ्य लुकाएमा, कुनै बीमा दाबी गरेको शंका लागेमा वा बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई प्रभावमा लिएको शंका लागेमा प्राधिकरणले त्यस्तो बीमितको अनुसन्धान वा जाँचबुझ गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम प्राधिकरणले अनुसन्धान वा जाँचबुझ गर्दा प्राधिकरणलाई सहयोग गर्नु (त्यस्तो बीमितको कर्तव्य हुनेछ।

(३) उपदफा (१) बमोजिम गरिएको अनुसन्धान वा जाँचबुझबाट बीमित दोषी ठहरीएमा प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायमा लेखी पठाउनु पर्नेछ ।

(४) यस दफा बमोजिम , अनुसन्धान वा जाँचबुझमा सहयोग नगर्ने, बीमा जालसाजी गर्ने वा बीमा ठगी गर्ने बीमित वा अन्य कुनै व्यक्तिलाई प्राधिकरणले प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायबाट लेखि आएमा कालोसूचीमा राखी त्यस्तो व्यक्ति संलग्न रहेको कुनै पनि व्यवसायको बीमा गर्न पाँच बर्षसम्म निषेध गर्न सक्नेछ।

(५) बीमितको अनुसन्धान वा जाँचबुझ सम्बन्धी अन्य व्यवस्था तोकिए:बमोजिम हुनेछ।