नियम १३१
बील वा वीजकको भुक्तानी
(१) खरिद सम्झौता अनुसार स्थानीय निकायले रनिङ
बील वा अन्य कुनै बील विजकको भुक्तानी गर्दा देहायका कुनै वा सबै आधार
बमोजिम गर्न सक्ने कुरा उल्लेख गर्न सकिनेछ ः–
(क) मासिक आधारमा,
(ख) प्राविधिक नाप जा“च गरी नापी किताब (मेजरमेन्ट वुक) मा उल्लेख
भएको वास्तविक कार्यसम्पादनको आधारमा,
(ग) खरिद सम्झौतामा सम्पन्न कार्य मापन गर्ने सूचकाड्ढ तोकिएकोमा
त्यस्तो सूचकाड्ढ प्राप्त भए पछि र नतोकिएकोमा सम्पन्न भएको
कार्यको आधारमा,
(घ) हस्तान्तरण गरिएको वा पूरा गरिएको कार्यको परिमाणको आधारमा,
(ङ) प्रतितपत्रको शर्तको आधारमा ।
(२) रनिङ बील वा अन्य कुनै बील विजकको भुक्तानी लिनको लागि आपूर्तिकर्ता,
निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले खरिद सम्झौता बमोजिम आवश्यक
पर्ने कागजात पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश भएको रनिङ बील वा अन्य कुनै बील विजक
र कागजात सम्बन्धित अधिकारीले स्वीकृत गरेको तीस दिनभित्र खरिद सम्झौता
अनुसार स्थानीय निकायले त्यस्तो बील वा विजकको भुक्तानी गर्नु पर्नेछ ।
(४) स्थानीय निकायले उपनियम (३) बमोजिम भुक्तानी गर्दा रिटेन्सन मनी
वापत रनिङ वा अन्य बील वा बीजकमा उल्लिखित रकमकोे पा“च प्रतिशत रकम कट्टा
गरी राख्नु पर्नेछ ।
(५) खरिद सम्झौतामा स्थानीय निकायले बील वा बिजक बमोजिमको रकम
शिघ्र भुक्तानी गरेमा आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले
त्यस्तो भुक्तानीको निश्चित रकम वा प्रतिशत छुट दिने कुरा उल्लेख गरिएको भएमा
स्थानीय निकायले त्यसरी भुक्तानी गर्दा छुट रकम कट्टा गरेर मात्र भुक्तानी दिनु
पर्नेछ ।
(६) स्थानीय निकायले खरिद सम्झौतामा देहायका व्यवस्था गर्न सक्नेछ ः–
(क) खरिद सम्झौतामा अघिल्लो कुनै रनिङ बील वा अन्य कुनै बील
विजकमा लेखिएका कुरा कुनै कारणबस वा भूलबस लेखिन गई भुक्तानी
रकम सच्याउनु पर्ने भएमा स्थानीय निकाय आफैले वा सम्बन्धित
आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताको
अनुरोधमा त्यस पछिका रनिङ बील वा अन्य कुनै बील विजकमा त्यस्तो
भुक्तानी रकम सच्याउन वा हेरफेर गर्न सकिने,
(ख) आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले खरिद
सम्झौताको शर्त बमोजिम कार्यसम्पादन नगरेमा स्थानीय निकायले
रनिङ बील वा अन्य कुनै बील विजक बमोजिमको भुक्तानी नदिन वा
काट्न सक्ने ।
(७) स्थानीय निकायले उपनियम (१) बमोजिमको भुक्तानी खरिद सम्झौतामा
उल्लिखित अवधि भित्र दिनु पर्नेछ । सो अवधि भित्र भुक्तानी नदिएमा खरिद सम्झौता
बमोजिमको व्याज भुक्तानी गर्नु पर्नेछ ।
(८) उपनियम (१) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिम आपूर्तिकर्ता,
निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदातालाई पच्चीसहजार रुपैया“ भन्दा बढी
रकम भुक्तानी गर्दा एकाउन्ट पेयी चेकको माध्यमबाट भुक्तानी गर्नु पर्नेछ ।