दफा ८
बृहत् ग्राहक पहिचान; (१) सूचक संस्थाले उच्च जोखिम देखिएको ग्राहकको हकमा बृहत् ग्राहक पहिचान गर्दा देहाय बमोजिमका कुनै वा सबै उपाय अवलम्बन गर्न सक्नेछ
-
(क)आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रवृत्तिको कारोबारको उद्देश्य र पृष्ठभूमि परीक्षण गर्ने,
(ख) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रवृत्तिको नगद कारोबारको जोखिममा आधारित कार्यविधिको आधारमा आफैँले आन्तरिक वा सार्वजनिक माध्यमबाट स्रोत खोजी गर्ने वा आवश्यकता अनुसार ग्राहकसँग माग गर्ने वा लिने,
(ग) ग्राहकको कारोबारको पृष्ठभूमि र उद्देश्यको कारणको पहिचान गर्न सम्भव - उपाय अवलम्बन गर्ने,
(घ) ग्राहक वा कारोबार उपरको नियन्त्रणको लागि निरन्तर अनुगमन गरी त्यस्तो ग्राहक वा कारोबार अस्वाभाविक वा शङ्कास्पद भए वा नभएको यकिन गर्ने वा थप अनुगमन वा परीक्षण गर्नु: पर्ने कारोबारको पहिचान गर्ने,
(ङ) ग्राहक, वास्तविक धनी र सम्बद्ध व्यक्तिको सम्बन्धमा थप विवरण लिने वा सङ्कलन गर्ने,
(च) ग्राहकसँगको व्यावसायिक सम्बन्ध, कारोबार र् त्यसको प्रकृति र उद्देश्यका सम्बन्धमा थप विवरण लिने वा सङ्कलन गर्ने,
(छ) कारोबारको सीमा तोक्ने,
(ज) -प्राप्त कागजातको परीक्षण वा जाँचबुझ गर्न अन्य उपाय अवलम्बन गर्ने,
(झ) पहिलो भुक्तानी बृहत् ग्राहक पहिचान गरिएको खातामार्फत मात्र गर्ने,
(ज) ग्राहकसँग सम्बन्धित विवरण समय समयमा अद्यावधिक गर्ने,
(ट) कोष वा सम्पत्तिको स्रोत पहिचान गर्न आवश्यक उपाय अवलम्बन गर्ने,
(ठ) अनुगमनको निष्कर्षको अभिलेख: राखी लेखापरीक्षक लगायत अन्य सक्षम अधिकारीले मागेमा उपलब्ध गराउने,
(ड) खण्ड (क) देखि (ठ) मा उल्लिखित कुराका अतिरिक्त अन्य उपयुक्त उपाय अवलम्बन गर्ने।
(२) सूचक संस्थाले उच्च जोखिम देखिएको ग्राहकसँग व्यावसायिक सम्बन्ध सुरु गर्ने. वा नगर्ने व्यवसायिक सम्बन्ध कायम गर्ने वा नगर्ने वा कारोबारलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा उच्च व्यवस्थापनको स्वीकृति लिने व्यवस्था गर्नु पर्नेछ।