दफा १२
बोर्डको कोष

(१) बोर्डको एउटा छुट्टै कोष हुनेछ ।
(२) बोर्डको कोषमा देहायका रकमहरु रहेनछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट प्राप्त रकम,
(ग) चिया तथा कफी खेती र प्रशोधन सम्बन्धी परामर्श सेवा बापत प्राप्त हुने रकम,
(घ) चिया तथा कफीमा लगाइएको सेवा शुल्क (सेस) बाट प्राप्त रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट अनुदान रकम लिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) बोर्डद्वारा गर्नु पर्ने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।