दफा १८६
भरपाई लिनु वा दिनु पर्ने
(१) अदालतमा दर्ता भएको कुनै लिखत कुनै व्यक्तिलाई फिर्ता दिँदा वा अदालतबाट कुनै लिखत कुनै ब्यक्तिलाई बुझाउँदा त्यस्तो लिखत फिर्ता लिएको वा बुझाएको व्यहोराको भरपाई वा निस्सा लिई मिसिल सामेल राख्नु पर्नेछ ।
(२) अदालतमा कुनै ब्यक्तिले पेश गरेको कुनै लिखत अदालतले बुझी लिँदा सो व्यक्तिलाई त्यसको भरपाई दिनु पर्नेछ ।