नियम २१
भुक्तानी सम्बन्धी व्यवस्था
: (१) सेवा प्रदायकले ऐनको दफा ११ बमोजिमको रकम भुक्तानी दाबी गर्दा बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत दाबी प्रविष्ट गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रविष्ट दाबी रकमको मूल्याङ्कन बोर्डले गर्नु पर्नेछ । (३) उपनियम (२) बमोजिम मूल्याङ्कन कार्य .सम्पन्न गरेको पन्ध्र दिनभित्र दाबी रकम बैङ्िङ्ग प्रणाली मार्फत “सेवा प्रदायकलाई भुक्तानी गरिनेछ र सोको जानकारी बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत सम्बन्धित सेवा प्रदायकलाई दिनु पर्नेछ।

(४) सेवा प्रदायकवाट प्रवाह हुने विभिन्न सुविधाको भुक्तानीको दर र विधि बोर्डले समय समयमा तोके बमोजिम हुनेछ।

(५) सेवा प्रदायकले नियम विपरीत सेवा प्रवाह गरेमा त्यस्तो सेवा बापतको रकम भुक्तानी गर्न बोर्ड बाध्य हुने छैन।

(६) भुक्तानी -सम्बन्धी अन्य व्यवस्था बोर्डले बनाएको कार्यविधि बमोजिम हुनेछ।