दफा १३
भैपरी आउने खर्च
(१) संवैधानिक निकायका पदाधिकारीले नेपाल का विभिन्न जिल्लामा वस्तुस्थिति अध्ययन भ्रमणमा जाँदा खर्चको फाँटवारी बुझाउनु नपर्ने गरी वर्षको बढीमा दुई पटकसम्म प्रत्येक पटकको निमित्त एकहजार रुपैयाँ अतिथि सत्कार बापत भैपरी आउने खर्च पाउनेछ ।
(२) संवैधानिक निकायका पदाधिकारीलाई अन्तर्राष्ट्रिय सम्मेलन, उत्सव, समारोह आदिमा भागलिन नेपाल बाहिर जाँदा नेपाल सरकारले निर्णय गरे बमोजिमको रकम भैपरी आउने खर्च बापत दिइनेछ । त्यसरी दिइएको भैपरी आउने खर्चको बिल भर्पाई बुझाउनु पर्नेछ ।