दफा ४६
मतगणना
(१) निर्वाचन अधिकृतले दफा ४५ बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा तोकिए बमोजिम मतगणना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार र उम्मेदवारको निर्वाचन प्रतिनिधि वा तोकिए बमोजिमका मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन्।
(३) यस ऐन बमोजिम कुनै स्थानीय तहको कुनै मतदान केन्द्रमा पुन मतदान गर्नु पर्ने भएमा त्यस्तो मतदान केन्द्रको मतदानको कार्य समाप्त नभएसम्म त्यस्तो निर्वाचनसँग सम्बन्धित मतगणना प्रारम्भ गरिने छैन ।