नियम
मतदाता नामावलीमा छुट नाम समावेश गर्न दरखास्त दिने
(१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम छुट भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि निर्वाचन कार्यक्रममा तोकिएको समयावधि भित्र निर्वाचन अधिकृतको कार्यालयमा दरखास्त दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतदाता नामावलीमा नाम समावेश गराउन दरखास्त दिने व्यक्तिले आपूm सङ्घीय संसदको सदस्य वा प्रदेश सभाको सदस्य पदमा निर्वाचित वा मनोनीत भई बहाल रहेको प्रमाण समेत पेश गर्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा निर्वाचन अधिकृतले निजको नाम मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।