नियम १०
मतदाता परिचयपत्र वितरण गर्ने विधि
ः ऐन र यस नियमावली बमोजिम
मतदाताहरूलाई उपलब्ध गराइने मतदाता परिचयपत्र वितरण गर्ने प्रकृया सम्बन्धमा
आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अन्यथा तोकी दिएमा बाहेक देहाय
बमोजिम गरी मतदाता परिचयपत्र वितरण गर्नुपर्नेछ ः–
(क) मतदाता परिचयपत्र पाउने मतदाताको पहिचानको निमित्त मतदाता
नामावली र मतदाता परिचयपत्रमा उल्लेख भएको विवरण भिडाई हेर्नुपर्नेछ ।
(ख) वितरण गरिएको मतदाता परिचयपत्रको प्रतिलिपि (फोटोकपी) अभिलेखको
रूपमा राख्नु पर्नेछ । त्यस्तो अभिलेखमा परिचयपत्र वितरण अधिकारीले
प्रमाणित गर्नुपर्नेछ ।
(ग) मतदाता परिचयपत्र वितरण गर्दा फाराम नं. ३ बमोजिमको ढाँचाको दर्ता
किताबमा सहीछाप गरी गराई आयोगले तोकी दिएको अवधि भित्र वितरण
गर्नुपर्नेछ ।