नियम
मतदाताको विरोधमा उजूरी दिने
(१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको मतदाताको विरोध गरी अर्को कुनै मतदाताले उजूर गर्न चाहेमा निर्वाचन कार्यक्रममा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम उजूरी दिने समय समाप्त भएपछि निर्वाचन अधिकृतले त्यसरी दर्ता भएका उजूरीको सूची तयार गरी आफ्नो कार्यालयमा सूचना प्रकाशन गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन गर्दा जसको विरुद्ध उजूरी परेको हो सो व्यक्तिले सो सूचनामा तोकिएको समयावधिभित्र उजूरी खण्डन गर्ने आवश्यक सबुद वा सफाई प्रस्तुत गर्नुपर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।