नियम २१
मतदान प्रतिनिधि
(१) निर्वाचनमा मतदान सम्बन्धी कामको लागि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले एकजना मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ । (२) नियम १० बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र लेखपढ गर्न जान्ने व्यक्तिलाई मतदान प्रतिनिधि नियुक्त गर्न सकिनेछ । (३) उपनियम (२) बमोजिम मतदान प्रतिनिधि नियुक्त गरेको जानकारी सम्बन्धित मतदान अधिकृतलाई दिनु पर्नेछ । (४) मतदान प्रतिनिधिलाई मतदान अधिकृतले परिचयपत्र दिनु पर्नेछ । (५) शान्तिपूर्ण ढङ्गबाट मतदान कार्य सम्पन्न गर्न सहयोग गर्नु तथा मतदान सम्बन्धी तयार गर्नुपर्ने मुचुल्कामा सहीछाप गर्नु मतदान प्रतिनिधिको कर्तव्य हुनेछ ।