दफा ३३
मतदान
(१) कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम
समावेश भएको मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको लागि तोकिएको मतदान केन्द्रमा मात्र मतदान गर्न पाउनेछ ।
(२) मतदाताले मतदाता नामावली अनुसार आफूलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नु पर्नेछ ।
(३) मतदाताले आफूले मतदान गर्न तोकिएको मतदान केन्द्रमा निर्वाचनको लागि तोकिएको मतपत्रमा मत सङ्केत गरी मतदान गर्नु पर्नेछ ।
(४) मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताको नामबाट त्यस्तो मतदाता बाहेक अन्य कुनै व्यक्तिले मतदान गर्न पाउने छैन ।
(५) कुनै पनि मतदाताले एउटै निर्वाचनमा एक पदको लागि एक भन्दा बढी पटक वा एक भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाउने छैन ।