नियम २७
मतपत्र रुजु गर्ने
(१) निर्वाचन अधिकृतले आयोगले उपलब्ध गराएका मतपत्र रुजु गर्नु पर्नेछ । यसरी मतपत्र रुजु गर्दा आयोगले तोकेको ढाँचामा मतपत्र छापिएको छन्, छैनन् र प्रत्येक मतपत्रमा सबै उम्मेदवारको नाम तथा मतपत्रको अधकट्टीमा क्रमसङ्ख्या स्पष्ट रुपमा उल्लेख गरिएको छ, छैन यकिन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतपत्र रुजु गर्दा कुनै मतपत्र आयोगले तोकेको ढाँचामा नभएको, मतपत्रमा कुनै उम्मेदवारको नाम छुट भएको, दोहोरिएको, मतपत्रको अधकट्टीमा क्रमसङ्ख्या उल्लेख नभएको वा अन्य कुनै किसिमको प्राविधिक त्रुटि भएको पाइएमा निर्वाचन अधिकृतले त्यस्ता मतपत्र छुट्याई सोको मुचुल्का गराई राख्नु पर्नेछ । यसरी छुट्याइएका मतपत्रको विवरण सम्बन्धी जानकारी निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।