दफा २६
मध्यस्थको निर्णय
  (१) तीनजना वा सो भन्दा बढी मध्यस्थहरु भएमा बहुसंख्यकको राय नै मध्यस्थको निर्णय मानिनेछ ।
(२) मध्यस्थहरुको राय भिन्न भिन्न भई बहुमत कायम हुन नसकेमा सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक मुख्य मध्यस्थको राय मध्यस्थको निर्णय मानिनेछ ।
(३) उपदफा (४) को अधीनमा रही प्रत्येक मध्यस्थले निर्णयमा दस्तखत गर्नु पर्नेछ ।
तर कुनै मध्यस्थले निर्णयमा दस्तखत गर्न नसक्ने कुनै कारण भएमा सो खुलाई बाँकी मध्यस्थले दस्तखत गर्नु पर्नेछ ।
(४) कुनै मध्यस्थ मध्यस्थताको निर्णयसंग सहमत हुन नसकेमा असहमतिपूर्ण राय व्यक्त गर्न सक्नेछ ।