दफा १८५
माथिल्लो तहको कर्मचारीले काम कारबाही गर्न सक्ने
(१) यस संहिता बमोजिम कुनै सरकारी वकिल, प्रहरी कर्मचारी वा अन्य कुनै अधिकारीले गर्नु पर्ने वा गर्न सक्ने कुनै काम वा कर्तव्य महान्यायाधिवक्ताले तोके बमोजिमको माथिल्लो वा समान तहको सरकारी वकिलले वा प्रहरी महानिरीक्षकले तोके बमोजिमको माथिल्लो वा समान तहको प्रहरी कर्मचारीले वा सम्बन्धित कार्यालयको माथिल्लो वा समान तहको अन्य कुनै अधिकृतले पनि गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गरिएको काम कारबाही अधिकार प्राप्त अधिकारीबाट भए गरेको मानिनेछ ।