दफा २४
मान्यता हटाउने
(१) दफा २१ बमोजिम मान्यता प्रदान गरिएको कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको सम्बन्धमा सम्बन्धित शिक्षण संस्थाबाट दफा २२ बमोजिम प्राप्त विवरण वा दफा २३ को उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदन उपर विचार गर्दा त्यस्तो शिक्षण संस्थाले निर्धारित गरेको पाठ्यक्रम, भर्नाको शर्त तथा परीक्षा सञ्चालन प्रणाली उपयुक्त तथा पर्याप्त छैन भन्ने लागेमा परिषद्ले सो सम्बन्धमा आप्ःनो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्को प्रतिवेदन प्राप्त गरेपछि सो सम्बन्धमा नेपाल सरकारले सम्बन्धित संस्थासंग स्पष्टीकरण माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित शिक्षण संस्थासंग माग गरिए बमोजिम प्राप्त हुन आएको स्पष्टीकरणको सम्बन्धमा नेपाल सरकारले विचार गरी सो सम्बन्धमा अन्य कुनै कुरा जाँचबुझ गर्नु पर्ने भए आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो शिक्षण संस्थाले कुनै खास मिति पछि प्रदान गरेको कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता हटाउन परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको आधारमा परिषद्ले आवश्यक निर्णय गर्नेछ ।
(५) उपदफा (४) बमोजिम कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता हटाउने निर्णय भएकोमा त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।