दफा १९
मालसामान हस्तान्तरण गर्न ढिलाई भएको मानिने
: बहुविधिक ढुवानी करारमा मालसामान ढुवानी गरिसक्नु पर्ने समयावधि किटान गरिएकोमा सो अवधिभित्र र त्यसरी किटान नगरिएको अवस्थामा ढुवानी गर्नु पर्ने मालसामानको प्रकृति, बहुविधिक ढुवानी सञ्चालनकर्ताको अवस्था तथा मालसामान ढुवानी गर्दाको समग्र परिस्थिति समेतको आधारमा मनासिब माफिकको समयावधिभित्र बहुविधिक ढुवानी सञ्चालनकर्ताले मालसामान हस्तान्तरण नगरेमा मालसामान हस्तान्तरण गर्न ढिलाई भएको मानिनेछ ।