दफा १६
मालसामान हस्तान्तरण विधि
: बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानी करार बमोजिम प्रापकलाई मालसामान हस्तान्तरण गर्दा देहाय बमोजिम हस्तान्तरण गर्नु पर्नेछ :-
(क) वाहक अङ्कित विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा सोको सक्कल प्रति दाखिला गर्ने व्यक्तिलाई हस्तान्तरण गरेर,
(ख) निर्देशित व्यक्ति अङ्कित विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा रीतपूर्वक दरपीठ भएको बहुविधिक ढुवानीपत्र दाखिला गर्ने व्यक्तिलाई हस्तान्तरण गरेर,
(ग) प्रापकको नाम अङ्कित विनिमेय अधिकारविहीन बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा पे्रषकको लिखित अनुमति पत्रमा उल्लिखित प्रापक हो भन्ने मनासिब प्रमाण पेश गर्ने व्यक्तिलाई हस्तान्तरण गरेर ।