नियम १०२
मिसिल वा लिखत निरीक्षणको लागि अनुमति लिनु पर्ने
(१) अदालतको कुनै मिसिल वा लिखतको निरीक्षण गर्न चाहने व्यक्तिले अनुमतिको लागि दिनको एघार बजेदेखि एक बजेभित्रमा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–१६ बमोजिमको ढाँचामा सम्बन्धित रजिस्ट्रार समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँच गर्दा निवेदनको बेहोरा मनासिब देखेमा सम्बन्धित रजिस्ट्रारले निवेदकको माग बमोजिम मिसिल वा लिखत निरीक्षण गर्न अनुमति    दिनेछ ।