दफा
मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
(१) आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिनु मुख्य निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।
(२) मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाकोजिल्ला सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोग समेत गर्नेछ ।