नियम २९
मुद्दा फिर्ता पठाउन वा अन्य प्रश्नमा समेत निर्णय गर्न सक्ने
(१)  संयुक्त इजलास वा पूर्ण इजलासले  यस नियमावली बमोजिम कुन जटिल कानूनी प्रश्‍न उठाई वा निर्णय फरक फरक भई व्याख्यामा एकरूपता कायम गर्न पूर्ण इजलास वा बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दामा संयुक्त इजलास वा पूर्ण इजलासबाट उठाएको सो कानूनी प्रश्नमा निर्णय गर्न आवश्यक नदेखिएको वा  निर्णय फरक फरक नदेखिएको भनी पूर्ण इजलास वा बृहत् पूर्ण इजलासले सोही कुरा उल्लेख गरी आदेश सहित सो मुद्दा संयुक्त वा पूर्ण इजलासमा फिर्ता पठाउन सक्नेछ ।
(२) संयुक्त वा पूर्ण इजलासले यस नियमावली बमोजिम कुनै जटिल कानूनी प्रश्न उठाई पूर्ण इजलास वा बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दामा पूर्ण इजलास वा बृहत् पूर्ण इजलासले सो मुद्दा जुन प्रश्नको निर्णयका लागि पेस भएको हो सो प्रश्नको अतिरिक्त आवश्यकता अनुसार अन्य प्रश्न वा विषयमा समेत निर्णय गरी मुद्दा अन्तिम रूपमा किनारा गर्न सक्नेछ ।